सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सवा तीन लाख घुस सहित सहायक वन अधिकृत पक्राउ

२०७६ साउन २७, ०९:५२ खबर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको तीन लाख नगद सहित डडेल्धुरामा एक जना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव–डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई पक्राउ गरिएको हो। 

महेन्द्रनगरबाट खटिएको टोलीले तीन लाख २६ हजार नगद पनि बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले जनाएको छ। कार्यालय सूचना अधिकारी टोपबहादुर विष्टले ठेकेदारलाई काठ मिलाइदिने डिसीले भन्दै पाँच लाख ४५ हजार घुस लिएको बताए। घुस लिएको रकम मध्ष्े तीन लाख २६ हजार मात्रै बरामद भएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस