सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय सरकारले तोकेभन्दा पाँच दिन बढी सार्वजनिक बिदा दिने प्रदेश ५ को निर्णय

। फोटो स्रोत ।
२०७६ साउन २६, ०५:०२ खबर संवाददाता

प्रदेश ५ ले संघीय सरकारले तोके बाहेक पाँच दिन बढी सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारले बकर इदका अवसरमा साउन २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बकर इदको बिदासहित प्रदेश सरकारले संघीय सरकारले तोके बाहेकका पाँच दिन थप विदा दिने निर्णय गरेको हो। माघ र माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिएको थियो। 

त्यस्तै प्रदेशको स्थापना दिवसमासमेत बिदा दिइने निर्णय भएको छ। प्रदेशमा मुख्यमन्त्रीले शपथग्रहण गरेको दिन फागुन ३ लाई स्थापना दिवस मानिएको छ। यस्तै प्रदेशभित्रका स्थानीय तहले एक दिन बिदा दिन सक्ने बाटोसमेत प्रदेशले खुलाइदिएको छ। 

प्रदेशभित्र रहेका निश्चित समुदायले पनि आफ्नो पर्वमा एक दिन बिदा पाउनेछन्। भुमय पुजा, वडका अटवारी पर्व, रमजानमा बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस