सुदूर नेपाललाई विश्वसँग जोड्दै

’मिस नेपाल अर्थ’ प्रिया सिग्देलले गरिन साझा पार्टीमा प्रवेश

२०७६ साउन २६, ०४:५६ खबर संवाददाता

मिस नेपाल अर्थ–२०१८ को ताज जितेकी प्रिया सिग्देल साझा पार्टीमा प्रवेश गरेकी छन्। साझा पार्टीले उनलाई केन्द्रीय सदस्यको रुपमा मनोनयन गरेको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए। २४ वर्षीया सिग्देलले ‘डेभलपमेन्ट स्टडिज’मा स्नातक गरेकी छन्।

मिस नेपाल अर्थ बनेपछि राजनीतिमा नै सक्रिय भएर सामाजिक परिवर्तनमा लाग्ने सोच भएको उनले प्रतिक्रिया दिएकी छन्। उनले एक गैरसरकारी संस्था सञ्चालन समेत गर्दैआएकी छन्। युवा तथा महिला नेतृत्व लगायत विषयमा उनले विभिन्न देशमा नेपालको तर्फबाट प्रस्तुती समेत दिइसकेकी छन्।
 

कमेन्ट लोड गर्नुस