सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिंहदरबार घेराउ गर्ने भन्दै प्रदर्शन गरिरहेकाहरु प्रहरीको नियन्त्रणमा

। फोटो स्रोत ।
२०७६ साउन २६, ०३:५८ खबर संवाददाता

काठमाण्डौ – सिंंहदरबार घेराउ गर्ने भन्दै काठमाण्डौको भद्रकालीमा प्रदर्शन गरिरहेका ‘आरक्षण बचाऔँ आन्दोलन’ का अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लोक सेवा आयोगले संविधान विपरीत विज्ञापन खुलाएको दावी गर्दै आन्दोलन गर्दै आइरहेका अगुवाहरुलाई आइतबार काठमाण्डौको भद्रकालीमा प्रर्दशन गरिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो। प्रर्दशनकारीहरुले सिंहदरबार घेर्न भन्दै निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। 

त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रर्दशनकारीहरुलाई पटक–पटक माइकबाट सचेत गराएको थियो तर प्रर्दशनकारीहरुले भने शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउनु पर्ने दावी गरिरहेका थिए। भद्रकालीबाट प्रदर्शनकारीहरु सिंंहदरबारतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रर्दशनकारीहरुले शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीविरुद्ध पनि चर्काे नाराबाजी गरेका थिए।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरुले चर्काे नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए। लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले विरोध प्रर्दशनको कामलाई निरन्तरता दिँदै आएका छन्। उनीहरुले लोक सेवा आयोगको विज्ञापन खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन्।
 

कमेन्ट लोड गर्नुस