सुदूर नेपाललाई विश्वसँग जोड्दै

जग्गाको सिमाना बिवादका कारण कैलालीमा महिलामाथि कुटपिट

२०७६ साउन २६, ०३:०२ खबर संवाददाता

कैलालीमा जग्गाको सिमाना बिवादका कारण एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको लम्की–चुहा नगरपालिका वडा नम्बर ८ कि रामजानकी चौधरीलाई छिमेकीले कुटपिट गरेका हुन्। जग्गाको सिमाना मिचिएको आरोपमा छिमेकीको एक समूहले उनलाई कुटपिट गरेको हो। उनीहरु प्रहरीको सम्पर्कमा आएपनि मुद्दा दर्ता भएको छैन्। अदालती मुद्दा भएकाले दर्ता नगरिएको ईलाका प्रहरी कार्यालय लम्कीले बताएको छ। उनको परिवारको आर्थिक अवस्था कमजोर छ। उनलाई उपचारका लागि सेती अस्पताल ल्याइएको छ।  

कमेन्ट लोड गर्नुस