सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा समुद्री आंधीका कारण मृतकको संख्या २० पुग्यो, ३० लाख मानिस प्रभावित

। फोटो स्रोत ।
२०७६ साउन २६, ११:०२ खबर संवाददाता

चीनको वेन्लिङ क्षेत्रमा आएको समुद्री आंधीका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ। सांघाई र ताइवानबीचको वेन्लिङमा आँधीपछि पहिरो आएको अधिकारीहरुले जनाएका छन्। लेखिमा नाम दिइएको आँधीका कारण १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ।

विद्युत आपूर्ति बन्द हुँदा ३० लाख मानिस प्रभावित भएको सिन्ह्वाले जनाएको छ। आँधीका कारण हजारौं उडान रद्ध भएका छन् भने रेल सेवा बन्द गरिएको छ। लेखिमा बिस्तारै उत्तरी झेजियाङ प्रान्ततर्फ अगाडि बढेको सांघाईमा समेत असर र्पुयाउने अनुमान गरिएको छ।

अत्याधिक जनघनत्व भएको सांघाइतर्फ लेखिम बढ्दै गएकाले थप क्षति हुन नदिनका लागि सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको अन्तरर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। चीनका मौसमविद्हरुका अनुसार अहिले सो समुद्री आँदी १५ किलोमिटर प्रतिघण्टाका दरले उत्तरतिर जाँदैछ।

यसअघि ताइवानको उत्तरी भागलाई छुँदै चीनतिर गएको लेखिमले केही मानिसलाई घाइते बनाएको र भौतिक संरचनामा समेत क्षति र्पुयाएको थियो। केही दिनअघि सोही स्थानमा ६ म्याग्निच्युटको भूकम्प गएकाले भएको अस्थिर जमिन र आँधीका कारण हुने भारी वर्षाले पहिरोको जोखिम बढाएको विज्ञहरुको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस