सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल बोकेको ट्यांकर विस्फोट हुंदा ६० जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन २५, ०८:३४ खबर संवाददाता

पेट्रोल बोकेको ट्यांकर विस्फोट हुँदा तान्जानियामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ। देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्यांकर पल्टिएर विस्फोट भएको प्रहरीले जनाएको छ। घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ।

प्रहरीकाअनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन्। उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ। ‘हामी एकदमै हतारमा छौं, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौं’–प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए। उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दालगायत खटिएको पनि जानकारी दिएका छन्।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्नसक्ने ती अधिकारीले अनुमान गरेका छन्। जलेर घाइते भएकामध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन्। स्थानीय समयअनुसार बिहान ८ बजे दुर्घटना भएको हो।

एउटा मोटरचालकलाई छलेर अगाडि बढाउन खोजिरहेका बेला ट्यांकर पल्टिएको हो। ट्यांकर पल्टिएपछि ट्यांकरबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट भएको र उनीहरुको मृत्यु भएको हो। रासस
 

कमेन्ट लोड गर्नुस