सुदूर नेपाललाई विश्वसँग जोड्दै

नुहाउने क्रममा खोलामा डुबेर दुई जना बेपत्ता, स्थानियद्धारा स्काभेटरमा आगजनी

२०७६ साउन २५, ०२:२२ खबर संवाददाता

धादिङमा नुहाउने क्रममा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन। जिल्लाको   गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका सुमन स्याङ्तान (२२) र भीम घलाङ (२१) खोलामा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका छन्। 

यस्तै आक्रोशित स्थानीयबासीले भने खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन्। स्थानीयले अरु स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ। तर स्थानीयवासीहरू ठूलो संख्यामा भएकाले प्रहरीले उनीहरूलाई रोक्न सकेको छैन। खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको उनीहरूले आरोप लगाएका छन्।

कमेन्ट लोड गर्नुस