सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा शक्तिशालीआँधी : १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो

। फोटो स्रोत ।
२०७६ साउन २५, ०१:५६ खबर संवाददाता

पूर्वी चीनको झेजियाङ प्रान्तको वेनलिङ शहरमा शनिबार बिहान शक्तिशाली आँधी ’लेकीमा’ को कारण भूस्खलन हुनुअघि १० लाख बढी मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ। १८७ किलोमिटर प्रतिघण्टाको शक्तिशाली ’लेकमिा’ आँधी, यो वर्ष नवौँ पटक आएको हो। जसका कारण अनहुई, फुजियान, जियाङसु, झेजियाङ र संघाई नगरपालिकाको प्रान्तहरुमा भारी वर्षाको आशंका गरिएको छ। 

शुक्रबार दिउँसो झेजियाङ प्रान्तले शीर्षस्तरमा आफ्नो आपतकालीन प्रतिक्रिया दिएको थियो। सात लाखबढी मानिसहरुलाई स्थानान्तरण गरिएको थियो भने एक लाख १० हजार बढी मानिसहरु १२ हजार आश्रयस्थलमा बसेका थिए। झेजियाङ प्रान्तले सयभन्दा बढी डुङ्गा, २८८ ओटा उडान रद्द र रेलवे लाइन पनि बन्द गरेको छ। स्थानीय अधिकारीहरुले एक हजार उद्धारकर्तासँगै १५० ओटा दमकल, र १५३ ओटा डुङ्गा तयारी अवस्थामा राखेको छ। 

शनिबार बिहानसम्म संघाईमा २ लाख ५३ हजार मानिसहरुलाई स्थानान्तरण गरिएको छ। शक्तिशाली आँधीले झण्डै ३ हजार रुख उखेलेको छ भने सयभन्दा बढी बिजुलीका खम्बामा असर पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस