सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोमा आफन्त गुमाएका परिवारले एक–एक लाख पाउने

। फोटो स्रोत ।
२०७६ साउन २५, ०१:४९ खबर संवाददाता

भोजपुरमा पहिरोमा ज्यान गुमाएका परिवारले प्रतिमृतक एक लाख पाउने भएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति भोजपुरको बैठकले प्रतिमृतक एक लाख दिने निर्णय गरेको हो। गएको असार २६ गतेबाट परेको वर्षाका कारण पहिरोमा ज्यान गुमाएका मृतक ५ जनाका परिवारलाई एक–एक लाख उपलब्ध गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए।

यस्तै बैठकले प्रदेश १ सरकारले मृतकका लागि उपलब्ध गराउने दुई लाख र घाइतेका लागि उपचार खर्च माग गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। पहिरोमा परि भोजपुरमा पाँच जनाको ज्यान गएको थियो।

वर्षापछिको पहिरोमा परेर रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङका स्थानीय कुमार राईकी ३५ वर्षीय श्रीमती मन कुमारी राई १७ वर्षीय छोरा शिवकुमार राई, १५ वर्षीय छोरा शक्तिकुमार राई र सोहि गाँउपािलका वडा नम्बर ७ बासिखोराका जगत बहादुर राई र टेम्केमैयुङ गाउँपालिका–९, लेर्खकका १४ वर्षीय जनक विकको ज्यान गएको थियो।

कमेन्ट लोड गर्नुस