सुदूर नेपाललाई विश्वसँग जोड्दै

जम्मू प्रशासनले धारा १४४ हटायो, ५ दिनपछि विद्यार्थी कलेज पुगे

। फोटो स्रोत ।
२०७६ साउन २५, ०१:१३ खबर संवाददाता

जम्मू जिल्ला प्रशासनको तर्फबाट अवस्थाको समीक्षा गर्दै शनिबार धारा १४४ सीआरपीसी (आपराधिक प्रक्रिया संहिता) हटाइएको छ। धारा १४४ लागेपछि चार वा चार जनाभन्दा माथिको संख्यामा भेला हुन प्रतिबन्ध लाग्छ। जम्मूमा गएको अगष्ट ५ धारा १४४ लगाइएको थियो। त्यसको पाँच दिनपछि स्कुल, कलेज पनि खुलेको छ। अब सबै गतिविधि सामान्य हुन थालेको छ, प्रशासनको तर्फबाट नजर भने राखिनेछ। 

तर इन्टरनेट सेवा भने अझै पनि बन्द छ। जम्मूमा बकर ईदको तयारीलाई लिएर शनिबार पसल, बजार, स्कुल र कजेल खुलेको हो। मानिसहरुले यो पर्वलाई शान्तिपूर्ण तरिकाले मनाउन सकून् भनेर सुरक्षा संयन्त्र कडा बनाइएको छ। जम्मू जिल्ला उपायुक्त सुषमा चौहानका अनुसार अवस्था सामान्य भएर ने धारा १४४ हटाइएको हो।

शनिबार जम्मूको अवस्था सामान्य भैसकेपछि बिहान छात्रछात्राहरु स्कुल र कलेज गैरहेका देखिन्थे। त्यस्तै सडकमा सवारी साधन पनि गुडेको देख्न सकिन्थ्यो। प्रहरीका अनुसार शुक्रबार कैयौँ संवेदनशील इलाकामा प्रतिबन्ध लगाइएको थियो। धार्मिक स्थलहरुमा सुरक्षा सयन्त्र थप चनाखो पारिएको छ। प्रतिबन्ध लागू भएसँगै बकर ईद पर्वको अवसरमा बजार प्रभावित भएको थियो तर शनिबार धारा १४४ लाई हटाइएपछि बजार सामान्य बनेको छ। कश्मीरमा भने कफ्र्यु जारी छ, त्यस्तै इन्टरनेट सेवा पनि ठप्प रहेको छ।

कमेन्ट लोड गर्नुस