सुदूर नेपाललाई विश्वसँग जोड्दै

उमेर हद र पदावधि सकिएपछि एकैसाथ ७ सचिवले अवकास पाउने

। फोटो स्रोत ।
२०७६ साउन २५, १०:१२ खबर संवाददाता

उमेर हद र पदावधि सकिएपछि एकैसाथ ७ सचिवले अवकास पाउने भएका छन्। ७ सचिवले अवकास पाएपछि सरकारले ७ सहसचिव सचिवमा बढुवा गर्ने तयारी थालेको छ। उमेर हद र पदावधि सकिएपछि २१ भदौमा ७ सचिवले अवकास पाउँदैछन्। एकसाथै बढुवा हुनेमा प्रशासन समूहबाट ४ र प्राविधिक समुहबाट ३ सहसचिव रहेका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की र खानेपानी मन्त्रालयका दिपेन्द्रनाथ शर्मा २२ साउनमा पदावधि सकिएर घर जाँदैछन्। प्राविधिक समूहकै शिक्षा तथा विज्ञान प्रविधि सचिव कृष्णराज बिसीले उमेर हदका कारण अवकास पाउँदैछन्।

प्राविधिक तर्फका यी तीन सचिवले अवकास पाउँदा वरिष्ठतम सहसचिव ऋषिराज शर्मा स्वतः बढुवा हुनेछन् भने अन्य दुई सचिवको छनौट प्रतिस्पर्धाका आधारमा गर्ने तयारी सरकारले गरेको छ। प्राविधिक सचिव बढुवामा सहसचिवहरु रविन्द्रनाथ श्रेष्ठ, शिवहरि शर्मा, सागरकुमार राई र सुरेश आचार्य, रामकृष्ण सापकोटा, मणिराम गेलाल र प्रमिलादेवी बज्राचार्यलाई प्रतिस्पर्धामा छन्।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्णुप्रसाद लम्साललाई अवकाश अगावै ४ वर्षका लागि निजामती कर्मचारी प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेको छ। लम्साल साउन २२ देखि अवकाश पाउँदैछन्। यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णराज देवकोटा, लालशंकर घिमिरे, अनिलकुमार ठाकुर र रामकुमार आर्चायले भदौ अन्तिमसम्ममा अवकाश पाउँदैछन्।

उनीहरुको अवकासपछि खाली हुने ४ पदमा वरिष्ठताका आधारमा सहसचिव तोया नारायण ज्ञवालीले स्वतः सचिवमा बढुवा हुनेछन्। अन्य प्रतिस्पर्धीमा सहसचिवहरु तोयम राया, दिनेश भट्टराई, रामकृष्ण सुवेदी, बालकृष्ण घिमिरे र एक नारायण अर्याल रहेका छन्।

 

कमेन्ट लोड गर्नुस