सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० सिरिजको खेलतालिका सार्वजनिक

। फोटो स्रोत ।
२०७६ साउन २४, ०६:०७ खबर संवाददाता

नेपाली क्रिकेट टिमले अक्टोबर ५ तारिखमा ओमान ५ देशको सहभागिता रहेको टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ। जसमा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ। ओमान क्रिकेट संघले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्नु पर्नेछ। यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्वन्द्वी घरेलु टिम ओमान रहेको छ।

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अगाडि हुने प्रतियोगिता ५ अक्टोबरबाट १० अक्टोबरसम्म हुनेछ। ५ देशको सहभागिता रहेको प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरेको छ। ओमान क्रिकेट संघले पहिले नै आयोजना गर्ने भनेर तय गरेको थियो। तर नेपालले विश्वकप छनोटमा स्थान बनाउन नसकेपछि नेपाल खेल्ने की नखेल्ने भन्ने यकिन थिएन्। तर आइसीसीले नेपाललाई खेल्न अनुमति दिएपछि खेल्ने पक्का भएको हो।

कमेन्ट लोड गर्नुस