सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्पको टोकाइबाट एकै घरका दिदी–बहिनीको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन २४, ०५:२९ खबर संवाददाता

दाङमा सर्पको टोकाईबाट एकै घरका दिदी बहिनीको मृत्यु भएको छ। बिहीबार घरमा सुतिरहेका जिल्लाको राजपुर गाउँपालिका ७ भौवानाकाका शेरबहादुर सार्कीका दुई छोरीको विषालु सर्पले टोकेपछि उपचारका लागि भारत लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। १३ वर्षीया करिष्मा सार्की र ११ वर्षीया सुजु सार्कीको सर्पको डसाइबाट मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।  उनीहरु स्थानीय शिवशक्ति माध्यमिक विद्यालय भौवानामा कक्षा ७ र ५ मा अध्ययनरत विद्यार्थी समेत रहेको विद्यालयका प्रधानाध्यापक लिलाधर विकले जानकारी दिए। गत वर्षपनि सोही क्षेत्रमा सर्पको टोकाइबाट एक बालिकाको मुत्यु भएको स्थानीयले बताए।

कमेन्ट लोड गर्नुस