सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने

। फोटो स्रोत ।
२०७६ साउन २४, ०५:१४ खबर संवाददाता

नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ। नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो। पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कुलहरुको स्थापना गर्ने नीतिअनुरुप प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा स्कुल निर्माण कार्य सम्पन्न भैसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए। 

उनले सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकून भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा विद्यालय खोल्ने योजना रहेको बताए। निर्देशनालयले कोष अन्तर्गत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाइमा नवीनतम् प्रविधिको प्रयोग गरि सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टरलगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा ‘ल्याङ्ग्वेज ल्याब’को व्यवस्था गर्ने योजना पनि अघि सारेको छ। निर्देशनालयले काठमाण्डौ उपत्यकाभित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वरी विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ।

वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवारहरुलाई कोषले २०३४ सालदेखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ। यस्तै शिक्षा तथा सीप र स्वरोजगारमूलक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले सञ्चालन गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस