सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा शक्तिशाली आँधीको खतरा

। फोटो स्रोत ।
२०७६ साउन २४, ०२:१६

चीनमा शक्तिशाली आँधी आउन सक्ने भन्दै त्यहाँका जनतालाई उच्च सतर्कता अपनाउन सचेत तुल्याईएको छ। ताइवानबाट बिस्तारै चीनतर्फ सरेको आँधी लेकिमाले ठूलो क्षति र्पुयाउन सक्ने भन्दै अधिकारीहरुले स्थानीय जनतालाई सचेत तुल्याएका हुन्।

चीनको सांघाई र झेझियांग प्रान्तका जनतालाई बढी सतर्क रहन अपिल गरिएको छ। चीनको याङजी र येलो नदीमा पानीको बहाव उच्च भएकाले बाढी आउने सक्ने खतरा पनि रहेको मौसमविद्हरुले बताएका छन्।

यसैबीच सम्भावित खतरालाई ध्यानमा राखी बेइजिङबाट याङ्जी क्षेत्रका सम्पूर्ण रेलवे सेवा केही दिनका लागि बन्द गरिएको छ। यसअघि प्रतिघण्टा १ सय ९० किलोमिटरको रफ्तारले आएको आँधीले ताइवानमा ठूलो भौतिक क्षति पु¥याएको थियो। आँधीकै कारण बन्द भएका स्कूल तथा कलेज हालसम्म पनि खुलेका छैनन्। 

कमेन्ट लोड गर्नुस