सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी–देवतट बडीमालिका दर्शन यात्रा सुरु

२०७६ साउन २४, १०:०६ खबर संवाददाता

कैलालीको गोदावरी धामबाट बडीमालिका दर्शन यात्रा सुरु भएको छ। धामबाट बडीमालिकामा लाग्ने मेलाका लागि आज विहानदेखि यात्रा सुरु भएको हो। दर्शन यात्रामा १६ जना सहभागी रहेको गोदावरी साहित्य तथा सस्कृती प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बताए। गोदावरी गुरुकुल सस्कृती विद्यापिठका बटुकहरुले स्वस्तीक बाचन गर्दै उत्तः टोलीलाई विदाई गरिएको थियो। 

उक्त टोली २७ गते बडीमालिका पुग्ने छ। बडीमालिका मन्दिरका लागि डोटी लगायतका जिल्लाबाट यसअघि नै डोल गईसकेको छ। यो बर्ष बडिमालिकामा साउन २८ गते देखि ३० गतेसम्म जनै पुर्णिमाको अवसरमा मेला लाग्ने छ। बडीमालिकाका २२ पाटन, त्यसमा फुलेका कैयौं प्रजातिका रङ्गीचङ्गी फूल र सेताम्य भेडाका बथानले त्यहाँको आकर्षण बढाउने गरेको छ। हिउँदका ३ महिना हिउँले ढाक्ने उक्त क्षेत्र १४ हजार फिट उचाईमा छ।

 

कमेन्ट लोड गर्नुस