सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्यालय स्तरीय उसु प्रतियोगिता सुरु

२०७६ साउन २३, ०६:५७
धनगढीमा विद्यालय स्तरीय उसु प्रतियोगिता सुरु भएको छ। शिअ उसु क्वान धनगढीको आयोजनामा प्रतियोगिता सुरु भएको हो। धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रका २१ विद्यालयहरुको प्रतियोगितामा सहभागिता रहेको छ। प्रतियोगिता शिअ उसु क्वान, प्रशिक्षक र विद्यालयहरुको लगानीमा सञ्चालन भईरहेको प्रशिक्षक रतन खातीले बताए। सोही अवसरमा आज तीन खेलाडीलाई सम्मान पनि गरिएको छ। दोस्रो उप–राष्ट्रपति  चिल्ड्रेन गेम्सका स्वर्ण पदक विजेता तिर्सना साउँद, काश्य पदक बिजेता दिक्षा साउँद र सुरेश चलाउनेलाई प्रमाणपत्र सहित प्रति खेलाडी एक हजार पुरस्कार प्रदान गरि सम्मान गरिएको हो। 
कमेन्ट लोड गर्नुस