सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

२०७६ साउन २३, ०६:०८ खबर संवाददाता

सर्लाहिमा ट्रकसंग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार जिल्लाको बरहथवा नगरपालिका–७ का १९ वर्षीय विक्रमदास कथवनिया र २९ वर्षीय मनोजकुमार दासको मृत्य भएकोे प्रहरीले जनाएको छ। 

बिहीबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल ना ५ ख ६०१४ नम्बरको ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका विक्रमको नमुना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो भने मनोजको थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटैमा नै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

तीव्र गतिमा रहेको मोटरसाइकलले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको  अनुमान छ। मोटरसाइकल चालक दुवै जना जनकपुरबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर घर फर्किँदै गर्दा दुर्घटनामा परेका प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस