सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा पानी नभएको खोलामा प्रदेश सरकारद्वारा ३० लाखको तटबन्धन

फोटो: पत्रकार पाण्डव पुजारा
फोटो: पत्रकार पाण्डव पुजारा
२०७६ साउन २३, ०३:१० खबर संवाददाता

अछाममा पानी नभएको खोलामा सुदूरपश्चिम प्रदेश सरकारले ३० लाखको तटबन्ध गरेको छ। जिल्लाको बान्नीगढी जैगढ गाउँपालिका वडा नम्बर ३ मा रहेको पौवा खोलामा पानी नभएपनि ३० लाखको तटबन्धन गरिएको हो। साउनको अन्तिम साता सुरु भईसक्दा समेत उक्त खोलामा एक थोपा पनि पानी छैन् भने वरपर न बस्ती छ न त खेतीयोग्य जग्गा नै। जंगलको बिचमा रहेको उक्त खोलमा सुदूरपश्चिम प्रदेश सरकार बजेट सक्न मात्रै योजना हालेको आरोप पनि लागेको छ। 

उक्त खोलामा तटबन्ध गरेको र ३० लाख खर्च गरेको विषयमा वडा नवर ३ का वासिन्दालाई समेत जानकारी छैन्।प्रदेश सरकारले बजेट सक्ने उदेश्यले बिना अर्थ खोलामा तटबन्ध गरेको एक स्थानीयले आरोप लगाए। आरटीआई क्याराभानका क्रममा सो क्षेत्रमा पुगेका पत्रकार पाण्डव पुजाराले बर्खामा समेत पानी नहुने खोलामा तटबन्ध गरेको देख्दा अचम्म लागेको बताए। ‘तटबन्ध गरेको खोला नजिक न त घरहरु नै थिए न नजिक खेतहरु नै थिए,’ पुजाराले भने, ‘एक जना स्थानियलाई भेट्दा उनले यो कस्तो बिकास गर्ने खोजेको भन्दै उल्टै प्रश्न गरे।’

यथता प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतको जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय अछामले भने तटबन्ध गरिएको भन्दा दक्षिण केही घडेरी र खेतहरु जनाएको छ। कार्यालयका प्रमुख उदत शाहीले विगतमा उक्त खोलाले धेरै क्षती पुगाएकाले तटबन्धको योजना कार्यान्वयन गरिएको बताए। उनले बजेट अनुसार काम नभएकाले सबै रकम भने भुक्तानी नभएको दावी गरे। 

कमेन्ट लोड गर्नुस