सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो, तोलाको ७० हजार रुपैयाँ

। फोटो स्रोत ।
२०७६ साउन २३, १२:५२ खबर संवाददाता

सुनको भाउ तोलाको ७० हजार रुपैयाँ पुगेको छ। गएको शुक्रबारदेखि नै कीर्तिमान बनाइरहेको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको हो। गएको शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउ त्यसयता लगातार बढिरहेको हो। सुनको भाउ बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो। अन्तर्रा्ष्ट्रिय बजारमा सुन बिहीबार प्रति औँस तोलाको १५ सय डलर ९० सेन्ट पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए। 

चीन, अमेरिका तथा भारत र पाकिस्तानबिच बढेको तनावका कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको उनले बताए। अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको उनले बताए। चाँदीको भाउ पनि लगातार बढ्दो छ। चाँदीको भाउ बिहीबार तोलामा १५ रुपैयाँ बढेर ८ सय २५ रुपैयाँ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस