सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रममन्त्री विष्टद्वारा सचिव दाहालसँग कार्यसम्पादन सम्झौता

। फोटो स्रोत ।
२०७६ साउन २२, ०५:१४ खबर संवाददाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दहालसँग कार्यसम्पादन सम्झौता गरेका छन्। मन्त्रालयमा बुधबार भएको कार्यक्रममा कार्यसम्पादन सम्झौता भएको हो। सचिव दहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेको छ।

सहसचिवहरुले आ– आफ्नो महाशाखाका उपसचिवसँग कार्यसम्पादन गरेका छन्। सरकारले लिएको लक्ष्य समयसीमा भित्रै हासिल गर्न चाल्नु पर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत सबै भन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिसकेको छ। कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्य पालनामा सघाउ र्पुयाउने उनको भनाई छ।

मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई बढाउन उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन्। आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने श्रम मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस