सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस सांसद शाहीले गरिन् सार्वजनिक महत्वको प्रस्ताव दर्ता

। फोटो स्रोत ।
२०७६ साउन २२, ०३:२० खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रतिनिधिसभामा छलफलका लागि जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन्। क्वारेन्टाइनको उचित प्रबन्ध गर्दै जडिबुटी निकासीलाई सहज बनाउनबारे छलफल गर्नको लागि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम शाहीले बालकृष्ण खाँड,प्रकाश रसाइली स्नेही र डिला संग्रौलाको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरेकी हुन्।

‘नेपालको हिमाली तथा पहाडी भू–भाग जडिबुटी भण्डारको रूपमा रहेको छ। यस भेगमा नेपाली नागरिकको ठूलो संख्याले जडिबुटी संकलन, उत्पादन, भण्डारण, विक्रीवितरण कार्यमा प्रत्यक्ष रोजगारी पाएका छन्। 

नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडिबुटी पर्दछ’, शाहीले दर्ता गरेको प्रस्ताव पत्रमा भनिएको छ,‘ नेपालमा उत्पादित र संकलित सबै जडिवुटीको प्रशोधनको सु–प्रबन्ध नेपालमै हुन नसकेको अवस्थामा निकासी भइरहेको जडिबुटी क्वारेन्टाइन सम्बन्धी व्यवस्थाका कारणले जडिबुटी निकासीमा अवरोध उत्पन्न भएको हुँदा संकलित जडिबुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं हजार नेपालीको रोजगारीलाई प्रभाव परेको छ।’ 

क्वारेन्टाइनको समस्याका कारणले जडिबुटी निकासीमा आएको अवरोधलाई अन्त्य गर्न प्रस्तावना दर्ता गरिएको उल्लेख छ।
 

कमेन्ट लोड गर्नुस