सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानी मन्त्री र सचिवका कारण मेलम्चीको राजधानि आउन पाएन : कांग्रेस सांसद केसी

। फोटो स्रोत ।
२०७६ साउन २२, ०१:२१ खबर संवाददाता

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री विना मगर र सचिवका कारण राजधानीवासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा उनले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दावी गरे।

’काठमाण्डौजस्तो ठाउँमा हामीले खानेपानी दिन सकेका छैनौँ। मन्त्रीज्यू यहाँ हुनुहुन्छ। म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि हाम्रा स्वर्गीय कृष्णप्रसाद भट्टराईको २० औँ वर्षको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी तपाईँका कारणले राजधानी पुग्न सकेन। मुखमा आएको गास सचिव र तपाईँका कारणले राजधानीवासीलाई पानी उपलब्ध हुन सकेको छैन। मन्त्रीज्यू यसमा तपाईँ स्पष्ट हुनुहोस्। राजधानीवासी काकाकुल छन्।’ उनले भने।

एक गाग्री पानीका लागि अहिले पनि र्की्तिपुर नगरवासीहरु बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए। सांसद केसीले पानीको मुहान संरक्षण र स्रोत विस्तारका सवालमा विस्तृत अध्ययन गर्न जरुरी रहेको समेत बताए।
 

कमेन्ट लोड गर्नुस