सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालुवाटारको एक घरमा आगलागी

२०७६ साउन २२, ०१:१४ खबर संवाददाता

बालुवाटारको चिनियाँ राजदूतावास नजिकैको घरमा आगलागी भएको छ। बुधबार मध्यान्ह पेट्रोल जम्मा गरेर राखिएको एउटा घरमा आगलागी भएको डिएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ भने प्रहरी पुगेपछि मात्रै थप विवरण आउने उनले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ। बोगटीका अनुसार आगो फैलिँदै गरेको र मानवीय क्षति भएनभएको पुष्टि नभइसकेको बताए। उनले भने, ’दमकल पुगिसकेको छ। आगो निभाउने प्रयास भइरहेको छ।’
 

कमेन्ट लोड गर्नुस