सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयपृथ्वी राजमार्गमा एक लाख नगद र ५ लाख बढिको चेक सहित झोला फेला

२०७६ साउन २२, १२:२६ खबर संवाददाता

जयपृथवी राजमार्गको बैतडी खण्डमा एक लाख नगद र ५ लाख ४० हजारको व्यक्तिको नाममा काटेको चेक सहित झोला फेला परेको छ। जयपृथ्वी नगरपालिका बझाङका मेयर बिरेन्द्र खड्काको टोली धनगढी आउने क्रममा बैतडीको सिगास गाउँपालिका स्थित मुस्याखान जंगलमा उक्त झोला भेटिएको हो।

झोला भित्र एक लाख नगद र ५ लाख ४० हजारको बसन्त बोहराको नाममा काटिएको चेक फेला परेको जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनक सिंहले बताए। झोलामा साविकको देउलीकोट गाविस ५ का राइभान बोहराका छोरा बसन्त बोहराको नागरिकता पनि भेटिएको छ। अहिले बोहरासंग सम्पर्क भएको र उक्त झोला लैजानका लागि उनी धनगढी आईरहेको समेत सिंहले जानकारी दिए। 

 

कमेन्ट लोड गर्नुस