सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतकी पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

। फोटो स्रोत ।
२०७६ साउन २२, ०७:१० खबर संवाददाता

भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ। मंगलबार राति दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। उनलाई मुटुसम्बन्धी समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। 

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिने जनाइएको छ। त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट गरेर स्वराजप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

कमेन्ट लोड गर्नुस