सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर विद्यार्थी मृत्यु प्रकरण : तीनजना शिक्षक पुर्पक्षका लागि कारागार चलान

२०७६ साउन २१, ०६:११ खबर संवाददाता

कञ्चनपुरको महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनीको मृत्यु प्रकरणमा जिल्ला अदालतले  तीन जना शिक्षकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। न्यायाधिश गोपाल प्रसाद बास्तोलाको एकल इजलासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रिन्सिपलबाट धरौटी असुल्न र अन्य तीनजना शिक्षकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

जिल्ला आदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले दुई दिन सम्म चलेको थुनछेक बहसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रसाद बोहराबाट एक लाख, प्रिन्सिपल यशोदा जोशीबाट तीन लाख रुपैयाँ धरौटी असुल्न र तीन शिक्षक लक्ष्मण प्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश भएको जानकारी दिए।

गत असार १३ मा शिक्षकको कुटाईबाट घाईते भएका बैतडीको शिवनाथ गाउँपालिका २ सर्मली स्थायी घर भई भीमदत्त नगरपालिका ५ बनगाउँ मामाघरमा बसेर अध्ययन गर्दै आएका कलौनीको १२ दिनपछि मृत्यु भएको थियो। असार २५ मा मृतकका मामा पुष्पमणी जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा, प्रिन्सिपल जोशी सहित तीन शिक्षक विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसुची–१ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए।

शिक्षकहरुले उनलाई समान्य दुई झापट मात्र हानिएको दावी गर्दै आएका थिए। तर कलौनीलाई उपचारका लागि डडेल्धुराको उप–क्षेत्रीय अस्पताल, महाकाली अञ्चल अस्पताल, नेपालगन्ज, हुदै भारतको राममूर्तिमा पु¥याईएको थियो। उनको उपचारका क्रममै मृत्यु भएको थियो। 
  
 

कमेन्ट लोड गर्नुस