सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनले माग्यो ६६ जना उपप्राध्यापक

। फोटो स्रोत ।
२०७६ साउन २१, ०५:३४ खबर संवाददाता

चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले खुला प्रतियोगिताबाट ६६ जना उपप्राध्यापक माग गरेको छ। कृषि तथा वनविज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालयले मगंलबार एक सूचना जारी गर्दै कृषि र वनविज्ञान संकायअन्तर्गत आंगिक कलेजका लागि विभिन्न विषयमा उपप्राध्यापक पदमा स्थायी पदपूर्तिका लागि आवेदन खुला गरेको हो।

आवेदन दिने म्याद मंगलबारदेखि भदौ २३ गतेसम्म तोकिएको छ। पाँच सय रुपैयाँ शुल्क बुझाएर सेवा आयोगको कार्यालय रामपुर चितवनबाट आवेदन फारम लिन सक्ने आयोगको परीक्षा समितिले जनाएको छ। बाली प्रजनन् विषयका लागि चार जना उपप्राध्यापक माग गरिएको छ। दुई जना खुला र एक जना मधेशी, एक जना आदिवासीरजनजाति गरी समावेशी छुट्टाइएको छ।

बाली विज्ञान विषयका लागि १० जनाको आवेदन माग गरिएको छ। ६ जना खुला र अरू समावेशी कोटा छ। पशु विज्ञानमा ७ जना माग गरिएकोमा चार जना खुलाबाट छ भने बाँकी समावेशी कोटा छ। फरेष्ट्रीमा पाँच जना माग गरिएको हो। वाइल्ड लाइफ, सिल्भिकल्चर, वाटरसेड मेनेजमेन्ट विषयका लागि एकरएक जनाको आवेदन माग गरिएको हो।

कृषि प्रसारमा ३, किट विज्ञान विषयका लागि २ जना, बालीरोग विज्ञानका लागि २ जना, इकोलोजीका लागि एक जना, कृषि अर्थशास्त्र र माटो विज्ञानका लागि आठरआठ जना माग गरिएको छ। बागबानीमा ११ जना माग गरिएको छ। ६ जना खुला र बाँकी समावेशी कोटा छ। बाली प्रजननमा चार जनाको आवेदन खुला गरिएको हो।
 

कमेन्ट लोड गर्नुस