सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सात वडामा उप –निर्वाचन हुने

२०७६ साउन २१, ०५:१८ खबर संवाददाता

सुदूरपश्चिमका सात वडामा अगामी मंसिरमा उप–निर्वाचन हुने भएको छ। अध्यक्ष वीहिन रहेका सुदूरपश्चिमका पाँच  जिल्लाका सात वडामा उप–निर्वाचन हुने भएको हो। बैतडीका तीन वडा, कञ्चनपुर, डोटी, अछाम र बाजुराका एक÷एक वडामा उप निर्वाचन हुने भएको हो। संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वाचित भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएकाले उप निर्वाचन हुनेछ।

यस्तै अन्य ६ वडाका अध्यक्षको विभिन्न कारणले मृत्यु भएका कारण ती वडामा उप–निर्वाचन हुने भएको हो। बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ। 

यस्तै अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर बोहोरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाई र डोटीको आर्दश गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदम सिह बोहोराको पनि मृत्यु भईसकेकाले उप निर्वाचन हुनेछ।  यसअघि साउन १६ गते निर्वाचन आयोग र विभिन्न राजनीतिक दलका बिचमा मंसिरमा उप–निर्वाचन गर्ने सहमती भएको थियो।   


 
कमेन्ट लोड गर्नुस