सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुअब्जामा सहमती भएसँगै सुरुङमार्गको अवरोध हट्यो

। फोटो स्रोत ।
२०७६ साउन २१, ०३:४१

काठमाडौंको नागढुङ्गा देखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग निमार्ण प्रकृया अघि बढ्ने भएको छ। सुरुङ मार्गको धादिङतर्फ पर्ने जग्गाका धनिले यसअघिको सहमती अनुसार मुअब्जा लिन नमानेका कारण विबाद बढेको थियो।स्थानीयले काठमाडौं तर्फकै मूल्यमा मुअब्जा माग गरेपछि सहमती हुन सकेको थिएन। आयोजनाले भने काठमाडौंकै मूल्यमा मुअब्जा दिन नसकिने बताउँदै आएको थियो।

मंगलबार बसेको बैंठकले यसअघिनै निर्धाण गरेको दरमा मुअब्जा लिने सहमती भएको आयोजना प्रमुख श्याम खरेलले बताए। यसअघि प्रतिआना ७ लाख देखि ९ लाख मुअब्जा दर निर्धारण गरिएको थियो। आयोजनाको लागि धादिङ तर्फको १ सय ९ रोपनी जग्गा आवश्यक पर्छ। त्यसमा ४४ रोपनी व्यक्तिगत नाममा रहेको छ। बाँकी रहेको जग्गा श्री ५ को बायुगुठी र लालपुर्जा नभएको जग्गा छन्।

आयोजनाले गुठीको जग्गाको शतप्रतिशत मुअब्जा दिने माग मन्त्री परिषदको बैठकमा लौजाने जनाएपछि स्थानीय सहमतीमा आउन राजी भएका हुन्। यसअघि गुठी जग्गाको मुअब्जा एक तिहाइ मोहिको र बाँकी दुई तिहाइ गुठी संस्थानमा जान्थ्यो।

यस्तै, आयोजनाले नियमित प्रकृयाबाट मुअब्जा वितरण गर्दा समय लाग्ने भएकाले त्यसलाई पनि फास्ट ट्रयाक बाट छिटो काम सक्न मन्त्री परिषद बैठकबाटै निर्णय गराउने पहल गर्ने सहमती भएको छ। मुअब्जामा बिबाद सुल्झेसँगै सडक विभागले आयोजनाको सहमतीका लागि जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) पठाएको छ। जाइकाले एक हप्तामा सहमती पत्र पठाउने र त्यसको तीन हप्तामा निमार्ण कम्पनीसँग ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ।

आयोजना जाइकाको आर्थिक सहयोगमा निमार्ण गर्न लागिएको हो। ठेक्का सम्झौताको प्रकृया सकेपछि दशैपछि निमार्ण सुरु हुने आयोजनाले जनाएको छ।

कमेन्ट लोड गर्नुस