सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा पानीको वहाव बढ्यो, शारदा व्यारेजमा चारपाङग्रे सवारी साधनमा रोक

। फोटो स्रोत ।
२०७६ साउन २१, ११:३७ खबर संवाददाता

महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ। लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि आज विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको प्रहरीले जनाएको छ। कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाएको जानकारी दिए।

 महाकाली नदीमा पानीको बहावले १ लाख क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइदै आएको छ। लगातारको वर्षापछि  महाकाली नदीमा पानीको बहाव बढेर एक लाख ४५ हजार क्यूसेक पुगेको कञ्चनपुर प्रहरीले जनाएको छ। यसअघि, हिजो साँझ  महाकाली नदीमा पानीको बहाव १ लाख ४० हजार क्युसेक मापन गरिएको थियो।  पुलमा आवतजावतमा रोक लगाईएपछि शारदा व्यारेज भएर भारत जाने र नेपाल आउने सवारी साधन रोकिएका छन्। 

कमेन्ट लोड गर्नुस