सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण

। फोटो स्रोत ।
२०७६ साउन २१, ११:२० खबर संवाददाता

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले दक्षिणी हवाङहाइ प्रान्तबाट समुन्द्रमा लक्षित गरी मंगलबार बिहान दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको हो। अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास हुन लागेकाले उत्तर कोरिया रुष्ट बनेको छ। त्यसैको प्रतिक्रिया स्वरुप उसले गएको बुधबार र शुक्रबार पनि क्षेप्यास्त्र परीक्षण गरेको थियो। 

यी मिसाइल कस्ता किसिमका हुन् भन्ने नखुले पनि निरन्तरको प्रक्षेपणले अमेरिकालाई दबाब दिन यस्ता प्रक्षेपण भइरहेको हुन सक्ने बताइएको छ। अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको संयुक्त सैन्य अभ्यासका विषयलाई लिएर उत्तर कोरिया आक्रामक बन्दै आएको बीबीसीले उल्लेख गरेको छ।
 

कमेन्ट लोड गर्नुस