सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एलपिएल–४ कार्तिक दोस्रो सातादेखि हुने

२०७६ साउन २०, ०६:०९ खबर संवाददाता

धनगढीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथौ संस्करण कार्तिक दोस्रो सातदेखि हुने भएको छ। आयोजक संस्कार क्रिकेट एकेडेमीले लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करण यसवर्ष कार्तिक १६ देखि ३० गतेसम्म सञ्चालन हुने जनाएको छ। संघीय प्रहरी इकाईको मैदानमा हुने प्रतियोगिताको विजेता टिमले नगद दुई लाख र उपविजेता टिमले नगद एक लाख रुपैयाँ सहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। 

प्रतियोगितामा कैलाली, कञ्चनपुर, बाँके, काठमाडौं, भक्तपुर लगायतका जिल्लाका गरी १३ विद्यालयको सहभागिता रहने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए। विद्यालय स्तरीय सो प्रतियोगितामा विद्यालयले कक्षा १० सम्म पढ्ने १० जना खेलाडी र चार जना नेपालका १९ वर्षमुनिका खेलाडी अनिवार्य रुपमा समावेश गराउनु पर्ने मापदण्ड रहेको उहाँले बताउनुभयो। प्रतियोगिता लिग कम नक आउट प्रारुपमा खेलाइने उनले बताए। 

तल्लो स्तरबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए। धनगढीलाई साँच्चिकै क्रिकेटको सहर बनाउन यस्ता थुप्रै प्रतियोगिता सञ्चालन गर्न आवश्यक रहेको उनले बताए। निस्ट कलेल लिटल फ्लावर लिग–४ समापनपछि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी एक दिवसीय निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग सञ्चालन गर्ने पत्रकार सम्मेलनमा आयोजक संस्कार क्रिकेट एकेडेमीका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताए। 
 

कमेन्ट लोड गर्नुस