सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि भेटेर शुभकामना लिन सक्दिन : योगेश भट्टराई

२०७६ साउन २०, ०२:२७ खबर संवाददाता

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले भेटेर शुभकामना नलिने बताएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले समर्थकहरुसँग भेटेर शुभकामना लिँदा मन्त्रालयको कामकाजमा असर परेको भन्दै भेटेर शुभकामना लिन असमर्थ रहेको जानकारी जानकारी गराएका छन्।

‘यहाँहरुले म प्रति प्रकट गर्नु भएको स्नेह एवम् शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने ऊर्जाको रुपमा रहने विश्वास गरेको छु’ उनले भने, मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलब्ध गराउन कठिनाइ भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहान्छु। साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाइका लागि समय उपलब्ध गराउन कठिनाइ हुने कुरा सविनय अनुरोध गर्दछु।’

उनले आफ्ना समर्थक र नागरिकको विश्वास टुट्न नदिने र सल्लाह सुझाव लिएर अघि बढ्ने बताउंदै शुभकामना र बधाइ लिने क्रममा सार्वजनिक भएका केही तस्बिरको बारेमा अन्यथा नबुझ्न उनले आग्रह समेत गरेका छन्।

 

कमेन्ट लोड गर्नुस