सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबार सुनको भाउ तोलाको ६७ हजार ८ सय रुपैयाँ पुग्यो

। फोटो स्रोत ।
२०७६ साउन २०, १२:२८ खबर संवाददाता

सुनको भाउ सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको छ। सुनको भाउ सोमबारका लागि तोलाको ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। यो भाउ अहिलेसम्मकै धेरै हो।

आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो। शेयर बजार कमजोर भएकाले अन्तर्रा्ष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा पनि भाउ बढेको सुनको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए।

यस्तै, भारत र पाकिस्तानको तनाब बढेपछि भारतीय मुद्रा कमजोर भएकाले नेपालमा पनि त्यसको असर परेको संयोजक शाक्यले बताए। यसैबीच भाउ बढेर कम मात्रै बिक्री हुन थालेपछि ब्यापारीले बैंकसँग पनि सुन किन्न छाडेका छन्। 

दैनिक २० किलोसम्म बैंकसँग सुन किन्न पाउने ब्यापारीले अहिले भएको सुन पनि बिक्न छोडेको बताएका छन् । सोमबार चाँदीको भाउ पनि बढेर तोलामा ७ सय ९५ रुपैयाँ तोकिएको छ। 

कमेन्ट लोड गर्नुस