सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने पूर्वयुवराज्ञी हिमानी शाहको घोषणा

। फोटो स्रोत ।
२०७६ साउन १९, ०४:५२ खबर संवाददाता

पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकि छन्। आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले पूर्व औरहीका अग्नि पीडित, पश्चिम खारापानीका बाढी पीडित र सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नुपरेको स्पष्ट पारिन्।

हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी उनले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी स्थापना गरिने कोष मार्फत पूर्व राजा ज्ञानेन्द्र शाहका सन्देशहरु संग्रहित पुस्तक बिक्री वितरणमा राखिएको समेत जानकारि दिईन्। हिमानी ट्रष्टले सामाजिक सेवा अन्तर्गत भूकम्प पीडित लगायतलाई पनि राहत वितरण गर्दै आएको छ।  
 

कमेन्ट लोड गर्नुस