सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने अध्यक्ष दाहालकोे चेतावनी

। फोटो स्रोत ।
२०७६ साउन १९, ०४:३१ खबर संवाददाता

नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै व्यर्थका कुरा गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए।

आइतबार वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको  उद्घाटन गर्दै उनले राजा माहाराजाका केही दासहरुले सरकार मात्र नभइ व्यवस्था नै फेर्ने व्यर्थका कुरा गरिरहेको आरोप लगाए। उनले भने, ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ।’ जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न समेत उनले सबैलाई आग्रह गरे।

कमेन्ट लोड गर्नुस