सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला हत्या प्रकरण :आन्दोलनका घाईते भण्डारालाई मासिक २५ हजार दिईने

२०७६ साउन १९, ०३:४८ खबर संवाददाता

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका लागि न्याय माग्दै भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर घाईते भएका अर्जुन भण्डारालाई सरकारले मासिक २५ हजार दिने भएको छ। गत विहीबारको मन्त्रिपरिषद् बैठकले घाईते भण्डारालाई मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

भण्डारा निर्मलाको न्याय माग्दै महेन्द्रनगरमा भएको आन्दोलनमा गतवर्ष भदौ ७ गते  प्रहरीको गोली लागि घाइते भएका थिए। त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भण्डारको एउटा खुट्टा गुमेको छ भने अझै पनि उनी बेहोस अवस्थामै रहेका छन्।   
 

कमेन्ट लोड गर्नुस