सुदूर नेपाललाई विश्वसँग जोड्दै

१७औंँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक

। फोटो स्रोत ।
२०७६ साउन १८, ०४:०९

पोखराको साहारा क्लबले १७ औंँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय विवरण सार्वजनिक गरेको छ। गएको फागुन ९ गतेदेखि १८ गतेसम्म आयोजना भएको प्रतियोगिताबाट १ लाख ४९ हजार रुपैयाँ बचत भएको जनाइएको छ। यो यसअघिको बचतभन्दा न्यून रकम हो। क्लबले अघिल्लो संस्करणमा २४ लाख रुपैयाँ कमाएको थियोे।

रंगशाला निर्माण गर्ने भन्दै पुरानो प्यारापिट भत्काइएपछि दर्शक कम भएकाले आम्दानी घटेको शनिबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ। क्लबले १७ औंँ संस्करणमा ७० लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको र ६९ लाख २९ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

प्रतियोगिताबाट बचत रकम क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको लागि खर्च गर्नेछ। क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको अक्षयकोषमा अहिलेसम्म एक करोड रुपैयाँ जम्मा भएको छ।
 

कमेन्ट लोड गर्नुस