सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समुहद्धारा वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

। फोटो स्रोत ।
२०७६ साउन १८, ०२:११ खबर संवाददाता

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले रामेछाप  खाँडादेवी गाउँपालिका –३ भिरपानीको वडा कार्यालयमा सिलिण्डर बम विस्फोट गराएका छन्। सो विस्फोटबाट वडा कार्यालयको कम्प्युटर, कागजात लगायतका सामानहरु पूर्णरुपमा नष्ट भएको परुहरीले जनाएको छ। प्रहरीका अनुसार वप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बिचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएका थिए। 

ग्यास विस्फोट हुँदा वडा कार्यालयको भवनमासमेत क्षति पुगेको छ। शुक्रबार राति नै विस्फोट गराइएको भए पनि शनिबार बिहानमात्रै स्थानीयले वडा कार्यालयमा आगजनी भएको थाहा पाएर प्रहरीमा खबर गरेका थिए। घटनाको सम्बन्धमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।

कमेन्ट लोड गर्नुस