सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढयो, तोलाको ६५ हजार ८ सय रुपैयाँ

। फोटो स्रोत ।
२०७६ साउन १७, ०४:११

सुनको भाउ शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो। बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो।

अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघ अन्तरर्गतको सुनको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको हो। चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन। चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ। 

कमेन्ट लोड गर्नुस