सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा किशोरी अपहरणमा संग्लनलाई जोगाउन प्रहरीको हतकन्डा

२०७६ साउन १७, ०३:१० खबर संवाददाता

डडेल्धुरामा किशोरी अपहरणमा संग्लनलाई जोगाउन प्रहरीले हतकन्डा अपनाउन थालेको आरोप लागेको छ। असार ९ गते जिल्लाको अमरगढी नगरपालिका वडा नम्वर १० कि एक १५ बर्षीय किशोरीलाई अपहरण र बन्धक बनाउने ब्यक्तिलाई जोगाउन प्रहरीले ठुलो हतकन्डा अपनाउन थालेको आरोप लागेको हो। ति किशोरीलाई अपहरण गरि बन्धन बनाएको भन्दै जिल्लाको अमरगढी नगरपालिका वडा नम्वर १ का ३० बर्षीय मनोज ऐरका विरुद्ध मुद्धा दर्ता गरिएपनि अहिले सम्म उनलाई पक्राउ गरिएको छैन्। जिल्ला अदालत डडेल्धुराले पक्राउ पुर्जी जारी गरेको चार दिन भईसक्दा समेत अहिले सम्म उनलाई प्रहरीले पक्राउ नगरेको स्थानीयले बताएका छन्। उल्टै ऐरले केटी पक्षका तीन जनाले आफुमाथि कुटपिट गरेको भन्दै ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको वडा नम्वर १० का अध्यक्ष विष्णु भट्टले बताए। 

उनका अनुसार प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा परेको भन्दै स्थानीय तीर्थराज भट्ट, लोकराज भट्ट र सिद्ध कोलीलाई पक्राउ गरेको छ। वडा अध्यक्ष भट्टले अपहरणकारीलाई जोगाएर केटी पक्षका तीन जनालाई फसाउन खोजिएको आरोप लगाए। यता जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरिक्षक लक्ष्मण खड्काले भने ऐरको अवस्था अहिले पनि सुधार नभएकाले उनलाई पक्राउ नगरिएको बताए। उनले ऐर विभिन्न स्थानमा घुमिरहेको जानकारी पाएकाले अब भने पक्राउ गर्न प्रहरी पठाएको बताए। 

घटना के हो ? 
असार ९ गते अमरगढी नगरपालिका वडा नम्वर १० का स्थानीय लोकराज भट्टको विवाह थियो। त्यसको एक दिन अगाडी बेहुलाकी १५ बर्षीय बहिनी वेपत्ता भईन्। दिनभरी खोजी कार्य गर्दा समेत नभेटिएपछि प्रहरीले दोश्रो दिन चार घण्टा भित्रै खोज्ने प्रतिवद्धता जनाएपछि भट्टको जन्ती गयो। नभन्दै चार घण्टा पछि ति किशोरी आँफै घर फर्केर आईन्। विवाह चलिरहेकै अवस्थामा उनलाई भगाएर लैजाने अमरगढी नगरपालिका वडा नम्वर १ का मनोज ऐर पनि विवाहको घरको अगाडी भेटिए। उनलाई केही युवाले रोक्न खोजे तर उनी त्यहाँबाट भाग्न सफल भए। केही बेरमा उनले आफुमाथि कुटपिट भएको भन्दै आफ्नो घरमा फोन गरे र डडेल्धुरा अस्पतालमा भर्ना भए।

सो समयमा उनले प्रहरीलाई आँफै लडेर घाईते भएको बयान दिएका थिए। तर उनको धनगढी हुँदै भारतमा पनि उपचार भईसकेपछि बयान फेर्दै केटी पक्षका तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरे। उनले केटी पक्षका युवाहरुले कुटपिट गरेर आफुलाई घाईते बनाएको बयान दिए। प्रहरीले घटना मिलाईदिने भन्दै सुरुमा केटी पक्षबाट ९० हजार मागेको आरोप लागेको छ भने केटी पक्षले नदिएपछि केटा पक्षबाट पैशा खाएर प्रहरीले अपहरणकारीलाई जोगाउने प्रयास गरेको आरोप लाग्न थालेको छ। 
 

कमेन्ट लोड गर्नुस