सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्यानमा १० हजारको सिलिङ नमाने व्यवसायी आन्दोलनमा जाने निष्कर्ष

। फोटो स्रोत ।
२०७६ साउन १६, ०७:३६

नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको कर सम्वन्धी प्रावधानमा लचिलो नभए देशब्यापी हड्ताल गर्ने निष्कर्ष निकालेको छ। बुधबार महासंघको कार्यसमिति बैठकमा अधिकांश सदस्यले सरकार लचिलो नभए हड्तालमै जानुपर्ने राय दिएका थिए। महासंघ उच्च स्रोतका अनुसार, सरकारसहितको कार्यदलको मंगलबारको बैठकमा सरकारी अडान कायमै रहे त्यसपछि हड्तालमा जाने निर्णय गरिनेछ।

‘मंगलबारको कार्यदल बैठकमा समेत कुनै समस्या समाधान ननिस्किए हड्तालको कार्यक्रम घोषणा हुन्छ। सरकारले व्यवहारिक पक्षलाई वेवास्ता गरेर एकतर्फी रुपमा आफ्नो अडान कायम गरेर निजी क्षेत्रलाई संकटमा पार्न खोजेकोले हड्तालमै जानुपर्ने अवस्था आएको हो’ एक कार्यसमिति सदस्यले भने।

ढुवानी व्यवसायमा भ्याट, पारिश्रमिकका लागि अनिवार्य प्यान र भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटीएस) कार्यान्वयनमा आउने जटिलताको अध्ययन गर्न गठित कार्यदलको बैठकमा सरकारी प्रतिनिधी र निजी क्षेत्रले अडान छाडेका छैनन्।

महासंघले पारिश्रमिकमा प्यान अनिवार्य गर्दा १० हजारभन्दा माथि हुनुपर्ने, उद्योग र भन्सार परिसरबाट निस्किएका मालवस्तुमा मात्र भीसीटीएस लागु गर्नुपर्ने, खरिद बिलमा १० हजारभन्दा माथिको भए मात्र प्यान बिल अनिवार्य हुनुपर्ने अडान राख्ने निर्णय गरेको छ। महासङ्घको जिल्ला परिषद्को भेलाले पनि सो अडान राख्न नेतृत्वलाई दबाब दिएको थियो।
 

कमेन्ट लोड गर्नुस