सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोबाइल चार्जमा राखि गेम खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १६, ०७:२४

मोरङमा मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको लेटाङ–३, त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय सौजन राईको बिहीार बिहान सवा १ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।

उनका अनुसार सौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका बेला सौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्कासी करेन्ट लागेको र सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्कासी छट्पटाउन थालेपछि बुवा–आमालाई बोलाएका थिए। चार्जमा रहेको मोबाइलबाट सौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीले जनाएको छ।

करेन्ट लागेका बेला मोबाइल सौजनको हातमै थियो। घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको, सौजनको घाँटीमा डढेको अवस्थामा भेटिएको जनाएको छ। शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस