सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन मन्त्री योगेश भट्टराईद्धारा सपथ ग्रहण

। फोटो स्रोत ।
२०७६ साउन १५, ०५:१४

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए। भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए। चुनावी अभियानमा ताप्लेजुङ गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङबासीले भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने बचन दिएका थिए। सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा ओलीको आलोचनासमेत भएको थियो।

 

कमेन्ट लोड गर्नुस