सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ अर्ब बढी क्षतिपूर्तिको माग गर्दै यूएस–बंगला विमान दुर्घटनाका पीडितद्धारा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर

। फोटो स्रोत ।
२०७६ साउन १५, ०४:४६

यूएस–बंगला विमान दुर्घटनाका पीडितले क्षतिपूर्तिको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। १४ महिनाअघि भएको दुर्घटनामा परी मृत्यु भएका सात जनाको परिवारले २ अर्बभन्दा बढी रकम क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका हुन्। सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरलाइन्स लिमिटेडको विमान दुर्घटना हुँदा मृत्यु भएका ७ जना एमबीबीएस विद्यार्थीका हकवाला तथा तिनका बाबुआमाले वायुयान धनी सञ्चालक कम्पनीविरुद्ध २ अर्ब १० करोड रुपैयाँ (अर्थात् १९ मिलियन ९० हजार डलर)भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

दुर्घटना भएको १६ महिनासम्म पनि कम्पनीको तर्फबाट अन्तर्रा्ष्ट्रिय कानुनअनुसार मागदाबी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरेकाले बाध्य भई पीडितहरुले न्यायालयमा मुद्दा दायर गरेको मुद्दा हेरिरहेका अधिवक्ता अमृत खरेलले जानकारी दिए।दुर्घटनामा मृत्यु भएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबाबुले मुद्दा दायर गरेको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। जसमा २० जना वादी रहेको उनले बताए।

युएस बंगलाको विमान बंगलादेशको ढाकाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो। विमानमा सवार ७१ यात्रुमध्ये ५१ जनाको मृत्यु भएको थियो। जहाजमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभियन यात्रु थिए भने बाँकी बंगाली क्रु मेम्बर थिए। पीडित मध्येका सात जना यात्रुका परिवारका तर्फबाट विदुरमान श्रेष्ठले रिट दायर गरेको जनाइएको छ। अदालतले आदेश दिएको अवस्थामा नेपाल सरकारले नै क्षतिपूर्तिको लागि आवश्यक पहल गर्नुपर्ने अधिवक्ता खरेलको भनाइ छ।

नेपाल सरकारद्वारा पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित जाँचबुझ आयोगले पाइलटको कमजोरी किटान गरिएको छ भने कम्पनीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको ट्राफिक कन्ट्रोललाई दोष दिएको थियो।

कमेन्ट लोड गर्नुस