सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीडितलाई क्षतिपूर्ति दिन आलटाल गर्ने म्यानपावरलाई कारबाही गरिने

। फोटो स्रोत ।
२०७६ साउन १४, ०४:३०

पीडितलाई क्षतिपूर्ति दिन आलटाल गर्ने म्यानपावर कम्पनीलाई कडा कारबाही गरिने भएको छ। एक म्यानपावर कम्पनीले पासपोर्ट, कागजात र रकम लिने, अनि अर्को म्यानपावरबाट कामदार पठाउने र कामदार समस्यामा परेर क्षतिपूर्तिका लागि उजुरी दिंदा एकले अर्कोलाई दोष देखाउँदै आलटाल गरेमा कारबाही हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

यस्तै म्यानपवार कम्पनीले एजेण्ट बनेर काम गरेमा, कम्पनीबीचमा कामदारको मागपत्र किनबेच नगर्न विभागले अनुरोध गरेको छ। कारबाहीमा परेर रोक्का रहेका म्यानपावरले अर्को म्यानपावरको फाइल प्रयोग गर्ने गरेमा हदैसम्मको कारबाही हुने पनि विभागले जनाएको छ। यस्ता गुनासा पीडितहरुबाट बढेको भन्दै विभागले म्यानपावर कम्पनीलाई यस्तो कार्य नगर्न सचेत गराएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस