सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारको आरोप लागेका फुटबलर नेयमारको अनुसन्धान फाईल बन्द

। फोटो स्रोत ।
२०७६ साउन १४, ०१:१९

ब्राजिलियन फुटबलर नेयमारको बलात्कारको आरोपमाथि अनुसन्धान गरिरहेको प्रहरीले फाइल बन्द गरेको छ। साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावका कारण मुद्धा अघि बढाउन नसक्ने जानकारी दिएको हो। 

ब्राजिलियन मोडल नाइला ट्रिनडाडेले पेरिसको एक होटलमा आफूमाथि आक्रमण गरेको भन्ने आरोप लगाएपछि अनुसन्धान सुरु गरिएको थियो। नेयमारमाथि गते मे महिनामा बलात्कारको आरोप लगाइएको थियो। यद्यपी नेयमारले सो आरोपको खण्डन गरेका छन्। उनले आफूमाथि आरोप लगाएर ठगीको प्रयास भएको समेत दाबी गरेका छन्। 

प्रहरीको उक्त निर्णयमा नेयमारले भने कुनै प्रतिक्रिया दिएका छैनन्। अघिल्लो महिना नेयरमारले इन्स्टाग्राममा सात मिनेट लामो भिडियो पोस्ट गर्दै आफूमाथि लागेको आरोपको बारेमा जानकारी दिएका थिए।
आरोप लगाउने ती महिलाले यथेष्ट प्रमाण दिन नसकेपछि धेरै जना वकिलहरुले मुद्धा छोडेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस