सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी विश्वकप छनोट : आयोजकको लापरवाहिले नेपाल लज्जित, उपविजेताको पदक फिर्ता

। फोटो स्रोत ।
२०७६ साउन १४, १२:३६

आईसीसी टी–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएर नेपाल ग्लोबल क्वालिफायरमा पुगेन। सिंगापुर र नेपालबीचको खेल नै यो प्रतियोगिताको अन्तिम खेल थियो। नेपाललाई जित्नै पर्ने दबाब रहेको खेलमा सिंगापुर विजयी हुँदै ग्लोबल क्वालिफायरमा पुग्यो। 

प्रतियोगिता सकिएपछि समापन समारोहमा नेपालले अर्को लज्जा बोध गर्नु र्पयो। सिंगापुर क्रिकेट एसोसियसनले नेपाललाई उपविजेताको पदक लगाइसकेपछि कतारका पदाधिकारीले विरोध गरेका छन्। नेपाली टिमका सदस्यलाई पनि नेपाल के भयो भन्ने जानकारी थिएन। यो जानकारी आयोजकले नराख्दा सानो विवाद समेत भयो।

रन रेटमा नेपालभन्दा कतार अघि रहेको अवस्थामा किन नेपाललाई उपविजेताको पदक दिइयो भन्ने प्रश्न गरेपछि आयोजक पनि झसङ्गै भयो। त्यसपछि कतारलाई उपविजेता घोषणा गरियो। नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली सदस्यबाट मेडल बटुलेर आयोजकलाई दिएका थिए। आयोजकले मेडल कतार क्रिकेट संघका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए।
 

कमेन्ट लोड गर्नुस